काठमाडौँ, २८ मंसिर । युरोपियन संघ (ईयु) का राजदुत भिरानिका कोडीले गृहमन्त्री रामबहादुर थापा बादलसंग भेट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपालमा विपद व्यवस्थापनको क्षेत्रमा युरोपियन संघको सहयोग र सहकार्यको विषयमा छलफल भएको छ ।
भेटमा गृहमन्त्री थापाले भूकम्प लगायत नेपालमा बिभिन्न समयमा भएका विपद्का घटनामा संघले गरेको सहयोगका लागि धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने आशा ब्यक्त गरेका छन् ।
विपद् व्यवस्थापनका लागि अवाश्यक सामाग्री र दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यस्तो सामाग्री र तालिम संघबाट सहयोगको आफूहरुले अपेक्षा गरेको गृहमन्त्री थापाले बताएका छन् ।
भेटमा राजदुत कोडीले सिमित स्रोत र साधनका वावजुद नेपालले विपद् व्यवस्थापनमा खेलेको भूमिका सराहनीय रहेको बताएका थिए ।उनले विपद व्यवस्थापनका लागि संघले नेपाललाई बिभिन्न किसिमका सहयोग गरीरहेको भन्दै थप सहयोग गर्न समेत आफूहरु तयार रहेको बताए ।
भेटमा नेपाल र युरोपियन संघ आवद्ध मुलुकहरुबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा समेत छलफल भएको थियो ।