द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

दियो पोस्ट  

जुबा, मङ्सिर २८ । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ ।

द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ ।

विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ ।