यस्तो छ पछिल्ला तीनवर्षको कांग्रेस आयव्ययको पूरै विवरण
काठमाडौं, मंसिर २८ । आफूलाई देशकै सबैभन्दा ठूुलो लोकतान्त्रिक पार्टी दाबीगर्ने नेपालीकांग्रेस पार्टीको पछिल्लो तीनवर्ष घाटामा चलेको देखिएको छ । लेखा परीक्षण समितिको संयोजकश्याम घिमिरेले पेश गरेको विवरणमा पछिल्ला तीनवर्ष नै कांग्रेस घाटामा गएको देखाइएको छ ।
गएकावर्षहरुमा स्थानीयतह, प्रदेशसभा र संघीय संसदको निर्वाचनभएको हुनाले धेरै खर्च भएको विवरणमा उल्लेख छ । दियोपोस्टलाई प्राप्तखर्च विवरण अनुसार यो आर्थिक वर्ष अर्थात कांग्रेसले दस्तु्र तथानवीकरण शुल्क, चन्दातथा सहयोग, पब्लिकेसन्स बिक्री र अन्य गरी ५ करोड ५२ लाख ९ हजार ६ सय ८६ आम्दानी गरेको छ ।
तर, यहीआर्थिक वर्षको अहिलेसम्मको कूलखर्च ६ करोड ९० लाख २१ हजार तीन सय ६९ रुपैयाँहुँदा एक करोड ८४ लाख ९१ हजार ६ सय ८३ घाटा बेहोरेको छ । पार्टी निकटका व्यवसायीदेखि शुभेच्छुकबाट यसरी घाटामा गएको खर्चको लागि ऋण लिएको जानकारी कांग्रेस स्रोतले दियो ।
सबैभन्दा बढी चुनावमा खर्च
यो आर्थिक वर्षमा सबैभन्दा बढी अर्थात ४ करोड ८६ लाख ६६ हजार १ सय १६ रुपैयाँचुनावमाखर्च भएको देखाइएको छ । योबाहेक कांग्रेस केन्द्रीयकार्यालयमाभएका २५ कर्मचारीकालागि एक करोड ११ लाख७१ हजार तीन सय १७ रुपैयाँखर्च भएको देखाइएको छ ।
साधारण तथाप्रशासनिकखर्चमा ५२ लाख ४५ हजार पाँच सय चार रुपैयाँ, ह्रास कट्टि तथाअपलेखनमा ३९ लाख ३८ हजार चार सय ३२ रुपैयाँखर्च भएको देखाइएको छ । सदस्यताशुल्क, चन्दा, सांसदहहरुको लेबीलाई कांग्रेसको प्रमुखआर्थिक स्रोत जनाइएको छ ।
अघिल्ला दुईवर्ष पनि नेपालीकांग्रेस घाटामा
आर्थिक वर्ष २०७२÷७३ माकूलआम्दानीपाँच करोड ८८ लाख ३९ हजार ८२ रुपैयाँहुँदाखर्च ८ करोड ३७लाख ३८ हजार आठ सय ९ रुपैयाँहुँदाकांग्रेसलाई आम्दानीको तुलनामादुई करोड ४८ लाख, ९९ हजार ७ सय २८ घाटा लागेको थियो ।
यो वर्षकांग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा धेरै खर्च भएको थियो । यो वर्ष अन्यखर्च शीर्षकमा ६ करोड ४१ लाख७६ हजार ८ सय २६ खर्च भएको देखाइएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मातीन करोड सातलाख ६९ हजार सात सय ८ रुपैयाँआम्दानीहुँदापाँच करोड ८ लाख ५० हजार ५ सय ८८ रुपैयाँकांग्रेसलाई दुई करोड ८० हजार ८ सय ८० घाटा लागेको थियो ।
तर, फिक्स डिपोजिटमा ४ करोड १० लाख
पार्टीलाई झण्डै दुई करोड घाटामा गएपनिकांग्रेससँग विभिन्न बैंकमाअझै पनिचार करोड १० लाख रुपैयाँ बचत छ । यस्तो रकमभने साधारण बचतभन्दाफिक्स डिपोजिटमा राखिएको छ ।
जसको ब्याजबाट पार्टीको भैपरी आउँने खर्च, कर्मचारीको खर्च धानिंदै आएको छ ।