वडा प्रहरी कार्यलयको सक्रियता: अवैध रुपमा निकासा गर्न लागिएको ७ लाख बराबरको सामाग्री नियन्त्रण

Diyo post  

 

नेपालगंज, मंसिर २८ । नेपालगंजको जमुनाह र गोसाईगाउँबाट लाखौँ मुल्यका अवैध लत्ताकपडा र खाद्य सामाग्री नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलय जमुनाहबाट खटिएको टोलीले भारततर्फ भन्सार छलि चोरी निकासी गर्नको लागि लुकाएर राखिएका करिब १२ सय ५ केजी काली मरिच र १६ सय ८० पिस लेडिज फाउण्डेशन क्रिम बरामद गरेको हो ।

वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक नारायण डाँगीको नेतृत्वमा खटिएको टोलीले उक्त समाग्री रातको समयमा बरामद गरेको हो । बरामद गरिएको सामाग्रीको बजारभाउ करिब ६ लाख पुग्ने बताइएको छ ।

त्यस्तै सोही टोलीले भारतबाट भन्सार छलि ल्याइएका पर्दा, काँचो कपडा र लेडिज सुट बरामद गरेको छ । गस्ति टोलीले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा ओसारपसारकर्ताहरु सामान छोडेर भागेपछि उक्त सामान नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक नारायण डागीले बताए । बरामद गरिएका उक्त सामाग्रीको बजार मुल्य ६८ हजार रहेको उनले बताए ।

सम्बन्धित खबर