काठमाडौं,मंसिर २८ ।नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को ध्याङफेदीमा आइचर दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा ३ ख ३९१३ नम्बरको गाडी शुक्रबार साँझ पाँच बजे दुर्घटना भएकाे हाे ।
गाडीमा ४६ जना चढेको र ३० जनाभन्दा बढीको मृत्यु हुनसक्ने अनुमान प्रहरीले लगाएको छ ।
हालसम्म १० जनाको मात्र शव भेटीएको पनि जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । थप विवरण भने आउन बाँकी रहेको बताइएको छ ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा प्रहरीको टाली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ४ घण्टाको दुरीमा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।