अपडेट– नुवाकोट आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

diyopost.com
Diyo post  शुक्रबार, मंसिर २८, २०७५ | १९:२३:४९

काठमाडौँ, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ध्याङफेदीको सिसिफुमा आइचर दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार साँझ शिखरबेसी ध्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको आइचर शुक्रबार दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

आइचरमा ४६ जनाभन्दा बढी सवार रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यलबाट प्रहरी खटाईएको छ भने स्थानियहरु पनि उद्धारकार्यमा लागेका छन् ।

दुर्घटनामा पाँच जना घाइतेलाई उद्धार गरि स्थानिय अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर