सांसद हितबहादुर तामाङ दुर्घटना भएको एकदिनपछि हेलि लिएर दुर्घटनास्थल नुवाकोटको दुप्चेश्वर जाँदै !

दियो पोस्ट  

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा हिजो साँझ भएका गाडी दुर्घटनामा परी ज्यान गुमाएका र घाईतहरुका उद्दार गर्न भन्दै नुवाकोटका सांसद हितबहादुर तामाङ १ दिनपछि हेलिकप्टर लिएर दुर्घटनास्थल जाँदै छन् ।

मिनी ट्रक दुर्घटनामा परि हराईरहेकाहरुको थप खोजीकार्य र उद्धारका लागि भन्दै संघीय सांसद तामाङ नेपाली सेनाको हेलीकप्टर लिएर घटनास्थल दुप्चेश्वर, घ्याङडाँडा जान लागेका हुन् । दुर्घटनामा परि अहिलेसम्म१९ जनाको ज्यान गएको छ भने १५ जनाको टिचिङ र विपी अस्पतालमा उपचार भैरहेको छ ।

घाइेतेहरुको उपचारको व्यवस्था गर्न संवन्धित निकायमा पहल पनि भैरहेको ३ नम्बर प्रदेशका उप सभामुख राधिका तामाङले फेसबुकमार्फत जानकारी दिएकी छिन् । सातै प्रदेशको सभामुख\उपसभामुखहरुको कार्यक्रम चितवनमा भएका कारण आफू घटनास्थल पुग्न नसके पनि आफ्नो भूमिका र पहलकदमी जारी रहने उनको भनाई छ ।

यो पनि

नुवाकोट दुर्घटना : घाइतेको उद्दारमा नेपाली सेनाको हेलिकोप्टर जान सकेन (फोटोफिचर)

सम्बन्धित खबर