भारत, मंसिर २९ । भारतको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको छ । ७० जनाभन्दा बढि बिरामी भएका छन् ।
दक्षिणी राज्य कर्नाटकस्थित एक मन्दिरमा भएको एउटा धार्मिक कार्यक्रममा प्रसाद खाएपछि करिब ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।
उपचार गराइरहेका मध्ये ११ बिरामीहरूको अवस्था गम्भीर रहेको एक प्रहरीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। घटनापछि दुईजनालाई पक्राउ गरिएको छ। घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा भएको हो।
एकजना स्वास्थ्य अधिकारीले उक्त खानेकुरामा विष हुनसक्ने बताएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
‘हामीलाई पूजा सकिएपछि गोलभेडा र भात खान दिइएको थियो जसमा अलि नमिठो गन्ध आइरहेको थियो’ उक्त धार्मिक कार्यक्रममा सहभागीले संवाददातालाई भने।
जसले उक्त खाना फाले उनीहरू ठीक छन्, उनीहरूले भने।
घटना चमराजनगर जिल्लास्थित मारम्मा मन्दिरमा शुक्रवार भएको थियो, जहाँ एउटा विशेष धार्मिक कार्यक्रम भएको थियो। मन्दिरमा आएका भक्तजनलाई प्रसादको रूपमा ती खानेकुराहरू दिइएको बताइएको छ।
उक्त धार्मिक कार्यक्रमका लागि छिमेकी गाउँहरूबाट पनि मानिसहरू आएको उनले बताए। प्रसाद खाने मानिसहरू मात्रै नभइ कौवाहरू पनि मरेका छन्।