गोरेले हराएको ३३ किलो सुन भारतमा भेटियो, सुनसहित २ जना नेपाली पक्राउ

Diyo post  

काठमाडौँ, मंसिर २९ । भारतको कोलकाताबाट ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् । कोलकाता प्रहरीले इटहरीका राकेशप्रशाद शर्मा र हेमप्रकाश शर्मालाई पक्राउ गरेपछि नेपाल प्रहरी संयन्त्रलाई खबर गरेपछि गृह मन्त्रालयले अनुसन्धान थालेको छ ।

उक्त ३३ किलो सुन गत माघ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हराएको सुन हुनसक्ने सुन तस्करी छानविन समितीले जनाएको छ । चुडामणी उप्रती ‘गोरे’ले गत माघ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्याएको ३३ किलो सुन विमानस्थल परिसरबाटै गायभ भएको थियो । सोही सुन भारत पुर्याएको हुनसक्ने भन्दै सुचना पाउनासाथ छानविन समितिले अनुसन्धान थालेको छ ।

छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

सम्बन्धित खबर