काठमाडौँ, मंसिर २९ । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले नेपाली कांग्रेसले दरो हिसाबमा प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महासमिति वैठकमा बोल्दै नेता रानाभाटले चुनावमा हार खाएपछि नेपाली कांग्रेसको हिम्मत पनि गुमेको बताएका छन् । नेपाली कांग्रेसभित्रकै आन्तरिक द्वन्दको कारणले नेपाली कांग्रेस पछि परेको स्विकार गरेका थिए ।
पुर्वसभामुख समेत रहेका नेता रानाभाटले कांग्रेसलाई पुन पहिलेकै अवस्थामा ल्याउनका लागि पार्टीभित्र रहेको आन्तरिक कलह र गुटबन्दीलाई अन्त्य गरिनुपर्ने उनले बताए । नेता रानाभाटले पार्टीभित्र नेतृत्वदायी भुमिका खेल्ने नेताहरु कुर्सीको मोह र ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । ‘पार्टीको हित भन्दा ब्यक्तिगत हितलाई बढी ध्यान दिएकै कारणले नेपाली कांग्रेसले आजको अवस्था देख्न परेको हो’ उनले भने, ‘आफ्नै पार्टीभित्र एकअर्काकामा दुष्मनी बढीरहेको छ कसरी हुन्छ ?’ ‘आज महासमिति वैठक छ, हिजोसम्म पार्टीभित्र झगडा परिरहेको कुरा पत्रपत्रिकामा आइरहेको थियो अनि यसरी हुन्छ ?’ उनले भने ।
नेता गुरुङले कांग्रेस कम्युनिष्ट पार्टीसंग डराएको पनि आरोप लगाएका छन् । आफ्नै पार्टीभित्र चर्का कुरा गर्नेहरु संसदमा गएर बोल्न नसक्ने आरोप लगाउँदै उनले नेता तथा कार्यकर्तालाई संसद र सडक तताउन आह्वान गरेका छन् । ‘कम्युनिष्ट सरकारले मार्छ कि भनेर हाम्रा नेताहरु डराएका हो कि के हो ?’ उनले प्रश्न गरे, ‘हिजो हतियार देखाएर तर्साउनेहरु आज ठट्टाले हँसाइरहेका छन , किन डराउने ?’