कांग्रेस महासमितिः पार्टीको विरोध ! कम्युनिष्टको प्रशंसा !

दियो पोस्ट  

काठमाडौं, पुस १ । कांग्रेस महासमितिको उद्घाटन कार्यक्रममा नेताहरुले पार्टीभित्रको चरम गुटबन्दीको विरोध गरे पनि केही नेताले कम्युनिष्टको प्रशंसा गरेका छन् । तीनवटा निर्वाचनमा पार्टी कम्युनिष्टहरुसँग पराजित हुनाको कारणलाई चरम गुटबन्दी र अन्तर्घात कारण रहेको नेताहरुले ठहर्याए पनि केही नेताहरु भने कम्युनिष्ट कार्यशैलीको प्रशंसामा उत्रिए ।

देउवाका दाहिने मानिन डा. प्रकाशशरण महतले खुलेर कम्युनिष्ट दलका दुई वटा कुराको प्रशंसा गरेका हुन् । पार्टीलाई अब अर्को निर्वाचनमा पहिलो दलका रुपमा उभ्याउनका लागि कम्युनिष्ट दलबाट सिक्नुपर्ने उनको भनाई थियो ।

‘कम्युनिष्टबाट दुई कुरा सिकौं । प्रचार गर्ने र संगठन गर्ने । तर, सामाजिक संजालको प्रचारमात्रै पुग्दैन’ कम्युनिष्ट कार्यशैलीको प्रचार गर्दै महतले टिप्पणी गरे, ‘हामी पनि हाम्रो विचारको, काममको विज्ञापन गर्नका लागि तयार हुनुपर्यो । तर, हामी एक अर्कालाई गाली गर्ने र खुइल्याउनेमा तल्लीन छौं ।’ सदस्यता व्यापक बनाएर जाँदा आफूहरु सफल हुने उनको भनाई थियो ।

कार्यक्रममा नेताहरुले पार्टी गत वर्षको निर्वाचनमा पराजय हुनुको कारण चरम गुटबन्द, असहयोग, अन्तर्घात रहेको टिप्पणी गरेका थिए ।

TATA ADD

सिफारिस