विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

diyopost.com
Diyo post  आइतबार, पौष ०१, २०७५ | १७:२७:२२

काठमाडौँ, पुष १ । सांसद तथा अर्वपति विनोद चौधरी नेपाली कांग्रेको महासमिति सदस्यमा मनोनित भएका छन् । पार्टी सभापतिले १० जनालाई महासमिति सदस्य बनाउन पाउने प्रावधानअनुसार देउवाले चौधरीसहित राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्षसमेत रहेका स्वर्णिम वाग्लेलाई समेत महासमिति सदस्य बनाएका हुन् ।

सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य मनोनित गरेका छन् ।

काठमाडौँको रामशाहपथस्थित यज्ञम्बर पार्टी प्यालेसमा चलिरहेको कांग्रेस महासमिती वैठकमा चौधरी र वाग्ले सहभागी भएका छन् । देउवाले यसअघिनै पाँचजना सदस्यलाई मनोनित गरिसकेका छन् ।

सम्बन्धित खबर