काठमाडौँ, पुष १ । विश्व फुटबल जगत्मा अनेकन अविस्मरणीय घटनाहरुले ठाउँ पाइरहेको हुन्छ । आइतबार पनि त्यस्तै घटनाले विश्व फुटबल इतिहासमा कहिल्यै नमेटिने छाप छोडेको छ । जर्मनीको चर्चित फुटबल लिग बुण्डेसलिगामा आइतबार स्टुटगार्ट र हर्थाबिच खेल चलिरहेको थियो । स्टुटगार्टका कप्तान क्रिस्टियन जेन्टनेरका पिता पनि उक्त फुटबल हेर्न स्टेडियम आएका थिए । खेल हेरिरहेका हेरर्बेट जेन्टनेरले स्टेडियमै ज्यान गुमाउन पुगे ।
यता खेलमा जोशिइरहेका क्रिस्टियनलाई आफ्ना पिताले ज्यान गुमाइसक्दा पनि कुनै खबर थिएन कारण उनि मैदानमा थिए । खेल हेर्दा हेर्दै अचेत भएर ढलेका उनका पितालाई नजिकैका दर्शकहरुले देखेपछि चिकित्सक बोलाइएको थियो । चिकित्सक आइपुग्नुभन्दा अगाडीनै उनका पिताले ज्यान गुमाइसकेको हुनाले चिकित्सकहरुको प्रयास खेर गयो । यति हुँदासम्म कप्तान क्रिस्टियनलाई कुनै खबर थिएन ।
खेलमा कप्तान क्रिस्टियनको क्लब २–१ ले विजय भएको थियो । खेल सकेर ड्रेसिङ रुममा पुगेका क्रिस्टियनले जब आफ्नो पिता नरहेको थाहा पाए तब उनि दौडिदै आफ्नो पिता भएको ठाउँमा गए र बचाइदिनको लागि डाक्टरहरुसंग अनुरोध गरे । तर धेरै ढिला भइसकेकोले उनले आफ्नो पिता गुमाए । उनको मृत्यु हृदयघातको कारणले भएको चिकित्सकहरुले बताएका छन् ।
Everyone from Hertha would like to send their thoughts and condolences to Christian Gentner and his family after today's sad news.
— Hertha Berlin (@HerthaBSC_EN) December 15, 2018
छोराको खेल हेर्न जान्छु भनि रमाउँदै घरबाट हिँडेका पिताले ज्यान गुमाएपछि स्टुटगार्टको जित एक्कासी शोकमा परिणत भएको छ । क्रिस्टियनको परिवार सहित उपस्थित सम्पुर्ण शोकमा ढुबिरहेको छ । पराजित भएको क्लव हेर्थाले ट्वीटरमार्फत क्रिस्टियनको परिवारलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।