पोखरामा पुर्वराजा ज्ञानेन्द्रको स्वागतमा यस्तो नारा ‘गणतन्त्र चाहिँदैन, संघियता खारेज गर’

diyopost.com
Diyo post   सोमबार, पौष ०२, २०७५ | १४:३९:४५

पोखरा, पुष २ । पुर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेपछि हजारौँको संख्यामा उनका समर्थकहरु उपस्थित भएका छन् । एक साता लामो पोखरा भ्रमणका लागि पुगेको पुर्वराजालाई स्वागत गर्नको लागि विमानस्थलपरिसरमा सैयौँको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

विमानस्थल अवतरण गरेपछि गणतन्त्र विरोधी नारा समेत लगाईएको छ । राजाको स्वागतमा नेपाली झण्डसहितको भिडले गणतन्त्र चाहिँदैन संघियता खारेज गर भन्ने नारा लगाएका थिए । सो समुहले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश जोगाउ’, ‘टोलटोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ’, ‘हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई आत्मसाथ गर्दै नागरिक भएर बस्ने घोषणा गरिसकेका छन् । तर, उनको नाममा यसरी गणतन्त्र, संघीयता र संविधानकै विरोधमा नाराबाजी भएकोमा पूर्वराजाको सहमति छ या स्वतस्फूर्त भएको हो भन्ने बुझ्न सकिएको छैन ।

सम्बन्धित खबर