काठमाडौँ, पुष २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रमक शैलीमा प्रस्ततु भएका छन् । पार्टीको स्थायी कमिटी वैठक चलिरहँदा गौतम ओलीविरुद्ध जंगिएका हुन् ।
आइतबारको वैठकमा नेता गौतमले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व सम्हाल्न नसकेकोले नेतृत्वको जिम्मा प्रचण्डलाई दिनुपर्ने फरक मत राखेका थिए । त्यसको जवाफमा ओलीले मिल्ने भए दुबैजना प्रधानमन्त्री भएर देश चलाउने बताएका थिए । आफ्नो गम्भिर विषयलाई हाँसोको पाटो बनाएको भन्दै नेता गौतम ओलीविरुद्ध खनिएका हुन् ।
उनले प्रधानमन्त्री ओलीलाई हावादारी र स्वेच्छाचारी ढंगबाट पार्टी र सरकार चलाएको समेत आरोप लगाएका छन् । ‘प्रधानमन्त्री जस्तो मान्छेले मजाक गर्न सुहाउँछ ? संविधानले दिने भए दुबै प्रधानमन्त्री भएर देश चलाउँथ्यौँ रे ?, गौतमले भने, ‘दुई तिहाई छँदै छ, गर्नुस संविधान संसोधन अनि बन्नोस दुईजना प्रधानमन्त्री ।’
वैठकको शुरुवातमै बोल्ने समय पाएका गौतमले अध्यक्ष ओलीको चर्को आलोचना गरेका थिए । उनले एक जिम्मेवार मान्छेले आफ्नो कुरालाई हल्का रुपमा लिएको भन्दै ओलीले आफुसंग माफी माग्नुपर्ने समेत बताएका छन् ।