काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको महासमिति बैठकमा माइक खोसाखोस भएको छ । नुवोकोट जिल्लाका सभापति जगदिशनर सिंह केसी र नुवाकोटकै कांग्रेस नेता समेत रहेका रामशरण महतका भाई तथा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतबीच माइक खोसाखोस भएको हो ।
केहीबेर अघि शुरु भएको बन्द सत्र कार्यक्रममा कन्द्रीय सदस्य, जिल्ला सभापतिहरु एकै ठाउँमा भेला भएका थिए । पार्टी सभापति शेर बहादुर देउवाले ‘अब जिल्ला सभापतिहरुश्र बोल्नुस्’ भन्दै आदेश दिएका थिए । देउवाको आदेश लगत्तै विधान नआउँदै आफूहरु नबोल्ने भन्दै जिल्ला सभापतिहरु आक्रोशित हुँदै जुरुक्क उठेका थिए । जिल्ला सभापतिको नेतृत्व गर्दै नुवाकोट कांग्रेसका सभापति जगदिशनर सिंह केसी मञ्चमा पुगेका थिए ।
उनले ‘चार दिनसम्म किन विधान प्रस्तुत भएन’ मञ्चमा भाषण गर्न खोज्दै थिए । नजिकै रहेका प्रकाशशरण महतले माइक खोसेपछि बन्द शत्रमा निकै ठूलो हल्ला भएको थियो ।
राजधानीको भृकुटिमण्डपमा नेपाली कांग्रेसको महासमिति बैठक जारी छ । नेताहरुबीच रस्साकस्सीकाबीच बन्द सत्रको दोसो दिन ‘लफडा भइरहेको’ कार्यक्रम स्थलबाट एक प्रत्यक्ष दर्शीले दियोपोस्टलाई जानकारी दिए ।