निर्मला प्रकरणमा पुनः नक्कली अभियुक्त, प्रदीप रावल र विशाल चौधरीको डिएनए मेल खाएन

Diyo post  

 

काठमाडौँ, पुष ३ । कञ्चनपुरकी १३ बर्षिया वालिकाको बलात्कारपछि हत्या गरेको स्विकार गर्ने कञ्चनपुरकै प्रदीप रावल र विशाल चौधरीको डिएनए नमिलेको खुलेको छ । परिक्षणका लागि दिइएको करिब एक सातापछि आएको रिपोर्ट मेल नखाएपछि निर्मलो बलात्कारपछि हत्या प्रकरण पुन अलमलिएको छ ।  गत मंसिर २० मा राजधानीबाट पक्राउ परेका विशाल र प्रदीपले सिआईविसंग प्रहरी महानिरक्षक सर्वेन्द्र खनालको उपस्थितिमा आफुहरुले निर्मलाको हत्या गरेको स्विकार गरेका  थिए ।

लागुपदार्थ दूव्र्यसनी समेत रहेका उनिहरुले निर्मलासंग गफ गर्दा उत्तेजना भएको र प्रस्ताव राख्दा अस्विकार गरेपछि बलात्कार गरेको बताएका थिए । बलात्कारको क्रममा निर्मला चिच्याउन थालेपछि आफुहरुले घाँटी थिचेर मारेको वयानको क्रममा बताएका थिए । अपराध स्विकार गरेलगत्तै केन्द्रिय अनुसन्धान ब्यूरोले उनिहरुको डिएनए परिक्षण गर्ने र त्यसपछि कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परिक्षण गरिएको डिएनए रिपोर्ट करिब एकसाता पछि मंगलबार आएको हो । डिएनए रिपोर्ट नमिलेपछि पछिल्लो समय ‘भेजिनल स्वाब’ संकलन प्रक्रिया नै गलत त थिएन भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले सार्वजनिक गरेका अभियुक्त दिलिपसिंह विष्टले पनि अपराध स्विकार गरेका थिए । तर, डिएनए मेल नखाएपछि उनि निर्दोष सावित भएका हुन् । प्रहरीले अहिलेसम्म १० जनाभन्दा बढीको डिएनए परिक्षण गरिसकेको छ । प्रदीप र विशालको डिएनए मेल नखाएपछि सिआइबीले निगरानीमा राखेका अन्य ब्यक्तिहरुमा अनुसन्धानलाई तिब्र बनाएको छ ।

सम्बन्धित खबर