मर्नुभन्दा अगाडी पुर्वप्रधानमन्त्री गिरीले भनेका थिए, ‘मेरो अन्त्यष्टि सामान्य नागरिकको सरह गर्नु’

Diyo post  

काठमाडौँ, पुष ३ । पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीले आफ्नो शरिर त्याग्नुअगाडी आफुलाई सामान्य नागरिकसरह अन्त्यष्टि गर्न परिवारलाई अनुरोध गरेको तथ्य खुलेको छ । देहत्याग गर्नुअगाडी उनले आफुसंग आफ्नो दाहसंस्कार सर्वसाधारण नागरिक अनुसार गर्न अनुरोध गरेको उनकी श्रीमतीले बताएकी छन् ।

सामान्य ढंगबाट दाहसंस्कार गरिने भएपछि सरकारले दिने सलामी उनको परिवारले नलिने भएको छ । राज्यको भिआइपीको निधनमा सरकारले दिँदै आएको सलामी पुर्वप्रधानमन्त्री गिरिको परिवारले अस्विकार गरेपछि सामान्य ढंगबाट अन्तिम संस्कार गरिने भएको हो ।

अन्त्यष्टि सर्वसाधारण नागरिककै जसरी हुने भएको छ । भिआइपीहरुलाई सरकारले दिने सलामी दिन खोजिएपनि उनका परिवारले अस्विकार गरेपछि उनको दाहसंस्कार सामान्य नागरिकसरह गरिने भएको हो ।

मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिएको छ । शुभेच्छुकहरुले त्यहाँ पुगेर श्रद्धासुमन अर्पण गरिरहेका छन् ।

सम्बन्धित खबर