काठमाडौँविरुद्ध एक विकेटको जित निकाल्दै ललितपुर इपिएलको फाईनलमा

diyopost.com
Diyo post   मंगलबार, पौष ०३, २०७५ | १६:३५:४४

काठमाडौँ, पुष ३ । काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिगअन्तर्गत भएको पहिलो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सले काठमाडौँ किंग्स इलाभेन माथि एक विकेटको जित निकालेको छ । यस जीतसंगै ललितपुर फाइनल प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभर सकिन एक बल बाँकी हुँदा अल आउट हुँदै एक सय आठ रन बनाएको थियो । काठमाडौँका रोहन मुस्ताफाले सर्वाधिक ३२ रन बनाए । ब्याटिङमा कमजोर देखिएको काठमाडौँका सागर पुनले २९ रन र सिद्धान्त लोहनीले १२ रन बनाए । अन्य खेलाडीहरुले भने राम्रो प्रस्तुती दिन सकेनन् ।

ललितपुरका योगेन्द्र सिंह कार्की र पवन सर्राफले सर्वाधिक ३÷३ विकेट लिए भने सन्नी पटेलले एक विकेट लिएका थिए ।

लक्ष्य पछ्याउने क्रममा ललितपुरका कुशल भुर्तेलले २९ रन बनाए । त्यस्तै योगेन्द्र सिंह कार्कीले २८ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्ल र पवन सर्राफले क्रमश २१ र १९ रन बनाए । भारतिय खेलाडी सन्नी पटेल भने आजको खेलमा शुन्य रनमा आउट भए ।

काठमाडौँका प्रदीप साहुले ३ विकेट लिए भने ओब्रियन र रोहन मुस्ताफाले एक एक विकेट लिएका छन् । जितसंगै ललितपुर फाइनल प्रवेश गरेको छ ।

सम्बन्धित खबर