विवादित र असक्षम मन्त्रीलाई हटाएर नयाँ मन्त्रिपरिषद गठन गर्न नेता पन्तको माग

दियो पोस्ट  

काठमाडौँ, पुष ४ । नेकपाको स्थायी कमिटी वैठकमा वर्तमान सरकारको मन्त्रिपरिषदलाई पुनर्गठन गर्नुपर्ने माग उठेको छ । शनिबारदेखि पार्टी कार्यलयमा चलिरहेको स्थायी कमिटी वैठकमा नेता रघुजी पन्तले मन्त्रीपरिषदको पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।

दुई तिहाइको सरकार हुँदा पनि अपेक्षाअनुसारका कामहरु गर्न नसकिएको भन्दै मन्त्रिपरिषदको पुनर्गठन गर्नुपर्ने माग उठाएका हुन् । सरकार आफैले निर्णय गरेका कुराहरुलाई समेत पुनर्मुल्यांकन गर्न नेता पन्तले सुझाएका छन् ।

मन्त्रिपरिषदका सदस्यहरु कतिपय विवादित र सक्षम नदेखिएकाले उनिहरुलाई हटाएर सक्षम र काम गर्न सक्नेलाई मन्त्री पद दिनुपर्ने नेता पन्तले जोड दिएका छन् । मन्त्रीहरुको कामकारवाहीको मुल्यांकन प्रधानमन्त्रीले गर्नुपर्ने भएपनि सरकारले यसबारेमा केही विचार गर्नुपर्ने उनले बताए ।
सरकारले विवादीत काममा हात हाल्न नहाल्न उनले अनुरोध गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा तान्ने, ठुलाठुला ठेक्कापट्टा आफैँ दिनेजस्ता काम नगर्न उनले सुझाव दिएका छन् ।

नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको भने विरोध गरे । प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीले पनि आफ्नो कमजोरी सच्याउनुपर्छ र गुटबाट माथि उठ्नुपर्छ ।’

TATA ADD

सिफारिस