एभरेष्ट प्रिमियर लिगः भैरहवा ग्ल्याडियटर्स क्वालिफायरर्समा, चितवन लिगबाट बाहिरियो

Diyo post  

काठमाडौँ, पुष ४ । भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । आज भएको खेलमा भैरहवाले चितवन टाइगर्सले भैरहवा ४ विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा आठ विकेट गुमाउदै १३९ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दिप सुनार मात्र चार रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पृथु बास्कोटापनि खाता खोल्न सकेनन् । चितवनको स्कोर २४ रन हुदा तेस्रो विकेट झर्यो ।

उसका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन । जसमा उसले ७५ रन बनाउदा ५ विकेट गुमाउन पुग्यो । पउल स्ट्रलिङ १४ रनमा आउट भए भने जोन सिम्पसन पनि १४ रनमा नै पेभेलियन फर्किए । यस्तै भिम शार्की र जर्ज स्कट पनि नौ नौ रनमा आउट भए । चितवनका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतकिए पारी खेले ।
जारी प्रतियोगितामा दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा उनले ५६ रन बनाए । दिपेन्द्र आउट हुँदा चितवनको स्कोरबार्डमा एक सय २६ रन थियो । उसका लागि कमलसिंह ऐरीले १३ रन बनाए । बलिङमा मोहम्मद नाभिदले तीन तथा अभिनाश बोहराले दुई विकेट लिए ।

जवाफमा भैरहवाले १८ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ११ रनमा पहिलो विकेट गुमाएको भैरहवाले २० रन बनाउदा उसका तीन खेलाडी आउट भए । उसका मोहम्मद नाभिद र रवीइन्दर सिंह मात्र चार चार रनमा आउट भए भने रायन टेन डोइच्टेले खाता खोल्न सकेनन् ।

त्यसपछि प्रदिप ऐरी र कप्तान शरद भेषवाकर विच चौथो विकेटका लागि ५६ रनको साझेदारी भएपछि टिम केहि सम्हालिएको थियो । तर ऐरी ४२ रनमा आउट हुँदा उसले ७६ रनमा चौथो विकेट गुमायो । त्यसपछि उसले अरु दुई विकेट सस्तैमा गुमायो । शरद २९ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए ।

अन्तिममा कुशल मल्ल र रोहिकुमार पौडेलले अर्धशतकिए साझेदारी गर्दै टिमलाई जित दिलाए । रोहितले २४ तथा कुशलले २७ रन बनाए । अब फाइनल प्रवेशका लागि भैरहवाले काठमाडौंसँग खेल्नेछ ।

सम्बन्धित खबर