इपिएलः दबाबमा काठमाडौँ, भैरहवासामु एक सय एक रनको झिनो लक्ष्य

दियो पोस्ट  

काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगअन्तर्गत क्वालिफायर चरणको अन्तिम खेलमा काठमाडौँ किंग्स इलाभेनले भैरहवा ग्ल्याडियटर्ससामु एक सय एक रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारि खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा सय रन बनाएपछि भैरहवाले एक सय १ रनको लक्ष्य पाएको हो । काठमाडौँका लागि सन्दिप रजालीले सर्वाधिक २७ रन बनाए भने प्रदीप साहुले २५ रनको योगदान गरे ।

ब्याटिङमा जम्न नसकेको काठमाडौँका अन्य खेलाडीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । ओपनर अमित श्रेष्ठले १२ रन बनाउँदा कप्तान रोहन मुस्ताफा ६ रनमै आउट भए । यसअघिका खेलहरुमा अर्धसतिकय प्रहार गर्ने आयरल्याण्डका खेलाडी केभिन ओब्रोइन आजको खेलमा शुन्य रनमै पवेलियन फर्के । अर्का आस गरिएका खेलाडी सिद्धान्त लोहनी र सोमपाल कामीले क्रमशः ४ र ७ रनमात्र बनाउन सके ।

भैरहवाका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । मोहम्मद नाभिदले दुई विकेट लिँदा कप्तान शरद भेष्वाकर र अभिनाश बोहराले एकएक विकेट लिए ।

काठमाडौँलाई सय रनमा समेटेपछि भैरहवालाई फाइनल यात्रामा केही सहजता देखिएको छ । आजको खेल जित्ने टिमले शनिबार ललितपुर प्याट्रियट्ससंग उपाधीको लागि खेल्नेछ ।

TATA ADD

सिफारिस