काठमाडौँमाथि ६ विकेटको जित निकाल्दै भैरहवा इपिएलको फाइनलमा

Diyo post  

काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगको क्वालिफायर खेलमा भैरहवाले काठमाडौँलाई ६ विकेटले पराजित गरेको छ । काठमाडौँले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको छ ।
जीतसंगै भैरहवा जारि इपिएलको फाइनल प्रवेश गरेको छ । भैरहवाको जितका लागि नेदरल्याण्डका खेलाडी रेयान टेन डोस्क्चेटले सर्वाधिक ४५ रनको योगदान दिएका छन् । उनले ३८ बल खेल्दै ५ चौका प्रहार गरे । त्यस्तै भारतीय आक्रमक ब्याट्सम्यान रवीइन्दर सिंहले ३१ रन बनाए । अन्य खेलाडीहरुले सामान्य प्रदर्शन गरेका छन् । कप्तान शरद भेष्वाकरले १२ बलमा ६ रनमात्र बनाए ।
काठमाडौँतर्फबाट संसद शेखले २ विकेट लिए । पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सय रनमात्र बनाएको थियो । काठमाडौँका लागि सन्दिप रजालीले सर्वाधिक २७ रन बनाए भने प्रदीप साहुले २५ रनको योगदान गरे ।

ब्याटिङमा जम्न नसकेको काठमाडौँका अन्य खेलाडीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । ओपनर अमित श्रेष्ठले १२ रन बनाउँदा कप्तान रोहन मुस्ताफा ६ रनमै आउट भए । यसअघिका खेलहरुमा अर्धसतिकय प्रहार गर्ने आयरल्याण्डका खेलाडी केभिन ओब्रोइन आजको खेलमा शुन्य रनमै पवेलियन फर्के । अर्का आस गरिएका खेलाडी सिद्धान्त लोहनी र सोमपाल कामीले क्रमशः ४ र ७ रनमात्र बनाउन सके ।

भैरहवाका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । मोहम्मद नाभिदले दुई विकेट लिँदा कप्तान शरद भेष्वाकर र अभिनाश बोहराले एकएक विकेट लिए ।

सम्बन्धित खबर