दुई दिनदेखि वेपत्ता नेकपाका नेता भारत पुगेको खुलासा, अझै सम्पर्कविहिन

दियो पोस्ट  

भद्रपुर, पुस ६ । विहीबारदेखि सम्पर्कविहिन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारतरि गएको पत्ता लागेको छ । प्रहरीका अनुसार उनलाई सिसिटिभि क्यामेराबाट काँकडभिट्टा नाकामा रिक्सा चढ्दै गरेको अवस्थामा देखिएको हो ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनि सम्पर्कविहिन भएको २५ मिनेटमा काँकडभिट्टामा देखिएको र त्यहाँबाट हिँडेको १५ मिनेटमा भारतीय नाका पानी ट्यांकीमा देखिएको छ । उनिसंग अर्का एकजना ब्यक्ति समेत भएको सिसीटिभी फुटेजमा देखिएको छ । ती ब्यक्ति को हुन भनि चिन्ने प्रयास समेत भईरहेको जिलला प्रहरी कार्यलयका प्रवक्ताले बताए ।

पानिट्यांकीबाट कहाँ गए भन्ने बारेमा भने प्रहरीले खोजविन गरिरहेको छ । भारततिर गएको भनिएतापनि कहाँ गए भन्ने बारेमा भने प्रहरी अनभिज्ञ छ । ‘नाका काटेको देखिएको छ , त्यसपछि कहाँ गए भन्ने बारे भने खोजपछि पत्ता लाग्छ’ प्रवक्ता श्रेष्ठले बताए । भारतीय प्रहरीसंग सहकार्य गरि उनको खोजी कार्यलाई तिब्र बनाउने उनले बताए ।