काठमाडौँ, पुष ६ । गुण्डा नाईके दीपक मनाङे रिहा उर्फ राजिव गुरुङ भएका छन् । सर्वोच्च अदालतको फैसलाअनुसार मनाङे शुक्रबार थुनामुक्त भएका हुन् ।
ज्यान मार्ने उद्योगमा दोषि ठहरिएका मनाङे गत वर्षको माघ महिनादेखि डिल्लीबजार कारागारमा कैद भोगिरहेका थिए । गत मंसिर २८ गते सर्वोच्च अदालतले मनाङेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चका न्यायधीश शारदाप्रसाद घिमिरे र वमकुमार श्रेष्ठको संयुक्त इजलासले मनाङेलाई रिहा गर्ने आदेश गरेको हो ।
२०६१ सालमा अर्का गुण्डा नाईके चक्रे मिलनमाथि हमला गरेको र हातसमेत छिनाएका थिए । ज्यान लिने मनसायका साथ आक्रमण भएको भन्दै सरकारले उनिमाथि ज्यानसम्वन्धी मुद्धा दायर गरेको थियो । जिल्ला अदालत काठमााडौँले तात्कालिन समयमा मनाङेलाई दुई बर्षका कैद सजाय सुनाएको थियो । मुद्धा पुन पुनरावेदनमा गएपछि ज्यान मार्ने कसुरअन्तर्गत पाँच बर्षको कैद सजाए सुनाइएको थियो । मनाङे सर्वोच्च गए तर फैसला फेरिएन ।