कांग्रेस महासमिति वैठकमा हिन्दु राष्ट्रको माग, ७ सय नौ सदस्यको हस्ताक्षर देउवालाई बुझाइयो

दियो पोस्ट  

काठमाडौं, पुस ६ । कांग्रेस सभापति शेरबहादुर देउवालाई हिन्दु राष्ट्र नेपाल माग गर्दै महासमितिका ७०९ सदस्यको हस्ताक्षर बुझाइएको छ । कांग्रेसले राजनीतिक प्रस्तावमा धर्मनिरपेक्षता उल्लेख गरेको भन्दै केही नेता र सदस्यहरुले आपत्ति जनाउँदै आएका छन् ।

पछिल्लो समय हिन्दुदेखि अरु सनातक धर्ममाथि आक्रमण बढेको भन्दै कांग्रेसमा राजनीतिक प्रस्तावमा धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता लेख्न माग गरिएको कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जानकारी दिए । मल्लले देशभरका हिन्दु मन्दिरहरुको नाम लिंदै सभापति देउवालाई ७०९ महासमिति सदस्य र एक हजारभन्दा बढी नेता कार्यकर्ताहरुले गरेको हस्ताक्षर बुझाएका हुन् ।

कांग्रेस महामितिमा १६ सय हाराहारी महासमिति सदस्य छन् । यसमध्ये कति गाउँ फर्किइसकेका छन् । यस्तोमा ७०९ जना सदस्यले हस्क्ष्ताक्षर बुझाएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।