हिन्दु राष्ट्र माग गर्दै कर्ण मल्ल, के भने महासमिति वैठकमा ( भिडियोसहित)

दियो पोस्ट  

काठमाडौँ, पुष ६ । नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लले कांग्रेसको विधानमा हिन्दु धर्म लेख्न माग गरेका छन् । नेपाली कांग्रेसको महासमिति वैठकमा बोल्दै नेता कर्णले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने र कांग्रेस सोही बाटोमा हिँड्नुपर्ने माग राखेका हुन् ।

महासमिति वैठक परिसरमा हिन्दु राज्यका लागि हस्ताक्षर संकलन गरेका कर्णले शुक्रबार देउवा समक्ष सो हस्ताक्षर बुझाएका छन् । देउवासमक्ष प्रस्तुत गरिएको हस्ताक्षरमा ७ सय ९ जनाले हस्ताक्षर गरेका छन् । उनले देशलाई चौतर्फी हमला भइरहेको समयमा वैदिक सनातन धर्मलाई जोगाउन आवश्यक रहेको बताए । जारि महासमिति वैठकमानेपाललाई हिन्दु राष्ट्र कायम गर्दै मौलिक सनातन धर्मको संरक्षण गर्ने निर्णय गरोस भनि निवेदन गरेका छन् ।

भिडियो हेर्नुहोस्

TATA ADD

सिफारिस