काठमाडौँ, पुष ६ । अन्तिम समयमा टाट पल्टिएपछि काम छोडेर भाग्न लागेका मेलम्ची परियोजनाको ठेकेदार कम्पनीको धरौटी रकम नरोक्न अदालतले आदेश गरेको छ ।
उच्च अदालत पाटनले मेलम्ची आयोजनाको इटालियन ठेकेदार कोपराटिभा एण्ड सेमेन्टिस्टी सीएमसीडी रभिनाको धरौटी रकम रोक्का नगर्न सरकारलाई आदेश दिएको हो ।
काम बिचमै छाडेर भाग्न लागेका इटालियन ठेकेदार कम्पनीका ठेकेदारहरुलाई गत साता प्रहरीले पक्राउ गरि खानेपानी मन्त्रालयमा बुझाएका थिए । काम सकिन लागेको मेलम्ची आयोजनाबाट ठेकेदार कम्पनी भागेपछि परियोजना अलपत्र परेको छ । कम्पनी टाट पल्टिएपछि आफ्नै देश जान लागेको उनिहरुले बताएका थिए । खानेपानी मन्त्री विना मगरले कम्पनीको धरौटी रकम रोक्का गरिएको हुनाले खासै घाटा नलाग्ने बताएकी थिईन् ।
धरौटी रोक्का गर्नुको कारण सोध्दै उच्च अदालत पाटनका न्यायधीश प्रकाशकुमार ढुंगानाको इजलासले धरौटी नरोक्न आदेश गरेको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki