दाङ दुर्घटना अपडेट , मृत्यु हुनेको संख्या २३ पुग्यो

Diyo post  

दाङ , पुस ७ । घोराहीमा भएको कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा।४ख ९७६६ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा शिक्षक र विद्यार्थी चढेको बस तुल्सीपुर–३ राम्रीको भिरबाट खसेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १२ जनाको मात्र पहिचान खुलेको दाङका जिल्ला प्रमुख गोविन्द प्रसाद रिजालले जनाएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा प्रदिप घिमिरे ९शिक्षक०, बसका चालक मदन केसी, नरेश वली, सञ्जित रत्गैया, विजय घर्ती, कुसुम रावल, कविता खत्री, अतिस नेपाली, खेमरान भट्ट, हिक्मत बोहोरा, शैलजा शाही र विरेन्द्र कडारा रहेका छन् । दुर्घटनामा घाइते भएकामध्ये कडाराको उपचारको क्रममा मृत्यु भएको हो ।

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले बताएको छ । मृतक र घाइते सवै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी थिए ।

सम्बन्धित खबर