काठमाडौं , पुस ७ । एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । फाइनल खेलमा भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि हासिल गरेको हो ।
ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवालाइ ९ विकेटको क्षतिमा १ सय ४१ रनमा रोकिएको हो । यसैअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १९।१ ओभरमा अलआउट हुँदै रन १ सय ५५ रन जोडेको थियो हो।
भैरहवाका लागि जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले । उनले ३ चौका र ३ छक्काको मद्दत ५२ बलमा ५७ रन जोडेका हुन् ।
यस्तै गौरव टोमारले २३ रन , सन्दिप जोराले २४ रन, ज्ञानेन्द्र मल्लले १० रन र कुशल भुर्तेलले ११ रनको योगदान गरे । भैरहवाका कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए ।
महोम्मद नाभिद र रायन टेन्डेकाटेले समान २ विकेट लिँदा शरख भेषवाकर र भुवन कार्कीले समान १ विकेट लिए ।