एसिया प्रशान्त सम्मेलनबारे माधव नेपालको स्पष्टिकरण, ‘जे भएको छ राम्रै भएको छ’

दियो पोस्ट  

काठमाडौँ, पुष ८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठकमा विवादास्पद एसिया प्रशान्त सम्मेलनमा सरकारको सहभागिताबारे चर्को बहस भएको छ । सम्मेलनमा प्रधानमन्त्री लगायत शीर्ष नेताहरुको सहभागितालाई लिएर वैठकमा वहस भएको हो ।

उक्त वैठकमा नेताहरुको सहभागिताबारे वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टिकरण दिएका छन् । स्पष्टिकरणमा उनले युनिभर्सल पिस फेडेरेसन नराम्रो संस्था नभएको र त्यसमा सहभागी भएर नेताको छवि नबिग्रने उनले बताएका छन् । फेडेरेसनको सम्मेलनमा आफु ६ पटक मात्र विदेश गएको उनले बताएका छन् । युनिभर्सल पिस फेडेरेशनको मुख्य उद्धेश्य विश्व शान्ति भएकाले आफुहरु सो कार्यक्रममा सहभागी हुनु नराम्रो नभएको समेत उनले बताए । सम्मेलनले नकारात्मक असर नपारेको बताउँदै नेता नेपालले भने, ‘जे भएको छ राम्रै भएको छ ’

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, योगेश भट्टराई, रघुजी पन्त, घनश्याम भुसाल, अग्नि सापकोटा लगायतका नेताहरुले भने वरिष्ठ नेता नेपालको स्पष्टिकरणलाई खण्डन गरेका छन् । उनिहरुले सम्मेलनमा सरकारको उच्च तह र पार्टीको शीर्ष नेताहरुको सहभागिताले सरकार र पार्टीको छविलाई धमिल्याएको बताएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आफु पराराष्ट्रमन्त्री हुँदापनि सन् २०१२ मा सम्मेलन गर्ने प्रस्ताव आएको तर त्यसलाई अस्विकार गरेको बताउँदै अहिलेको सम्मेलनको बारेमा सोच्न पनि दुई अध्यक्षलाई सचेत गराएको बताए ।

नेता भीम रावल र घनश्याम भुसालले युनिभर्सल पिस फेडेरेसन विश्वसामु अत्यन्तै बदनाम संगठन भएको र सम्मेलनमा सरकारको सहभागिताले सरकारको छविमाथि दाग लागेको बताए । नेता अग्नि सापकोटाले राष्ट्रियताको मामिलामा यतायता गर्न नपाइने भन्दै नेतृत्वले गल्ती सच्याउनुपर्ने बताए ।

अर्का अध्यक्ष प्रचण्डले भने राजनीतिक प्रस्ताव परिर्माजन गरेर अन्तिम रुप दिँदा यसबारे पनि एउटा निश्कर्षमा पुगौंला भन्दै विवाद तत्काललाई टारेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले विवादका कुराहरुलाई धेरै नउचाल्न आग्रह गरे ।

TATA ADD

सिफारिस