काठमाडौं, पुस ९ अष्टे«लियामा बिगब्यासको डेब्यु खेलमैं सनसनीपूर्ण प्रदर्शन गरेका सन्दीप लामिछानेले आज दोस्रो खेल खेल्दैछन् । मेलबर्न स्टारटबाट सन्दीपले आज दोस्रो खेल खेल्न लागेका हुन् ।
पहिलो खेलमा सन्दिपले आठौं ओभरमा बलिङ गर्दै सिड्नी थन्डर्सका कप्तान सेन वाट्सनलाई आउट गरेका थिए । त्यही ओभरमा सन्दिपले अर्को विकेट पनि लिन सफल भएका थिए ।
तर, पनि सो खेल मेलवर्नले हार्न पुग्यो ।
१८२ रन पछ्याउँने क्रममा वर्षाले खेल रोकिंदा मेलवर्नले ८ ओभरमा ९० रनको नयाँ चुनौती पाएको थियो । तर, ८ ओभरमा ६ विकेट गुमाएर ७४ रनमात्र बनाउँन सक्दा सन्दीपको टिमले १५ रनको पराजय बेहार्यो ।
सन्दीपको आत्मविश्वासपूर्ण खेलको कप्तान म्याक्सवेलदेखि अन्यले पनि प्रसंशा गरेका थिए । चार पहिलो ओभरमा ३ रनमात्रै दिए पनि थप तीन ओभरमा सन्दीपले ३३ रन दिंदा चार ओभरमा ३६ रन दिंदै केही महंगो सावित भएका थिए ।
तर, प्रमुख खेलाडीको विकेट लिएपछि उनको प्रसंशा भइरहेको छ । आज सन्दीपको टिमले होबार्ट हुरिकेन्ससँग खेल्दैछ । नेपाली समय अनुसार अहिले साढे १० बजेबाट भएको खेलमा सन्दीपको टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।