उपनिर्वाचनः कुन वडामा कसले मार्यो बाजी ? (अपडेटसहित)

दियो पोस्ट  

काठमाडौं, मंसिर १५ । उपचुनाव सक्किने वित्तिकै नतिजा पनि धमाधम आईरहेको छ । केही ठाउँमा शनिबारदेखि नै नतिजा सार्वजनिक भैसकेको छ भने केही ठाउँको मतगणना भैरहेको छ ।

बैतडीको सुनर्या गाउँपालिका वडा नं १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी भएका छन् । उनले २१९ मत ल्याएर विजयी भएका हुन् । नेकपाका धनवहादुर चन्दले २१५ मत ल्याएका थिए ।

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु रायले ३४७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी राजपाका रामविश्वास रायले ३२८ मत ल्याएका छन् ।

दाङको घोराही नगरपालिका वडा नं १६ मा कांग्रेसका उमेदवारले ७६५ मत ल्याएर विजयी भएका छन् ।

अर्घाखाँची मालारानी गाउँपालिका वडा नं ३ मा कांग्रेसका शोभाकर खनालले १०५९ मत ल्याएर विजयी भएका छन् । नेकपाका यामलाल खनालले १०५३ मत ल्याएका थिए ।

चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा कांग्रेसका देववहादुर बस्नेत ११३८ मत ल्याएर विजयी भएका छन् नेकपाका वेदबहादुर अधिकाीले ९८६ मत ल्याएका छन् ।

चितवनको खैरहनी नगरपालिका वडा नं ५ मा कांग्रेसकी प्रतिमा बस्नेत कार्की ८४२ मत ल्याएर विजयी भएकी छिन् । नेकपाका पुननारायण प्रधानले ७५६ मत ल्याएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ मा नेकपाका देव कोइरालाले ८६७ मत ल्याएर विजयी भएका छन् ।

गुल्मीको रुरु गाउँपालिका वडा नं ६ मा नेकपाका गिरीप्रसाद सिँजाली ८०२ मत ल्याएर विजयी भएका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ३ मा नेकपाका भरतकुमार घिमिरे ७९६ मत ल्याएर विजयी भए ।
यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ३ मा नेकपाका शिवभक्त वलामी ६१८ ल्याएर विजयी भएका छन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ मा समाजवादीका रुपलाल यादव १०३१ मतले विजयी भएका छन् ।

रौतहटको गढीमाई नगरपालिका वडा नं २ मा कांग्रेसका दीपेन श्रेष्ठ ७७१ मत ल्याएर विजयी भएका छन् ।

थबाङ गाउँपालिका वडा नं १ रोप्पामा नेकपाका जनकबहादुर बूढामगर १७४, कुमाखमालिका गाउँपालिका वडा नं ५ सल्यानमा

नेकपाका धर्मे बूढाथोकी ७९२ र सुन्दर बजार नगरपालिका वडा नं २ लमजुङमा नेकपाका नवीन कुमार श्रेष्ठ ९९३ मत ल्याएर विजयी भएका छन् ।