काठमाडौं, मंसिर १५ । सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ६ जनाको ज्यान गएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिपुरमा दुर्घटना भएको हो ।
विराटनगरको गोल्डेन अस्पतालमा शनिबार राति उपचारको क्रममा उदयपुर त्रियुगा नगरपालिका वडा ९ की शिवमाया राईको ज्यान गएपछि शव लिएर घर फर्कँदै गरेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ सहित ६ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका वडा ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको हो ।
ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सबै जनाको ज्यान गएको हो ।