काठमाडौँ, मंसिर १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा विजय हाँसिल गरेको छ । नेकपाकी उम्मेदवार रुपा शाहीले १ हजार ४ सय ५४ मत प्राप्त गर्दै गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
शाहीकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीेले १ हजार तीन सय ८५ मत प्राप्त गरेकी थिईन् । रुपाले केबल ६९ मतको अन्तरबाट तारालाई पराजित गरेकी हुन् । राप्रपा बाट उम्मेदवारी दिएका दीपबहादुर शाहीले जम्मा १० मत मात्र प्राप्त गरे ।