काठमाडौँ, मंसिर १५ । प्रतिनिधि सभा अन्तर्गत कास्की– २ को मतगणना दुई तिहाई सकिएको छ । आइतबार अपराह्नसम्म करिब ३० हजार मत गणना सक्किसकेको छ । करिब १५ हजार मत मात्र गन्न बाँकी रहँदा नेकपाकी उम्मेदवार विद्या भट्टराई निकै फराकिलो मतान्तरले अगाडी बढेकी छिन् ।
शुरुवातदेखि नै अग्रता बढाउँदै लगेकी भट्टराईले अपराह्नसम्म १७ हजार ६ सय ५० मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ३ सय १६ मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका उम्मेदवार रजनी केसीले ४ सय ५७ मत पाएकी छिन् ।