बलात्कार आरोपी सिद्धबाबा विहानै अस्पतालको आईसीयूबाटै पक्राउ

दियो पोस्ट  

काठमाडौं, मंसिर १६ । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।
आज सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको हो ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेपनि विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि पक्राउ नगरी फर्किएको थियो ।
पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी र्पुयाइएको छ ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको सिद्धबाबामाथि आरोप छ ।