सागको खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकको आपत्ती

सागको खेलतालिकाप्रति माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकको आपत्ती

काठमाडौं, मंसिर १६ । माल्दिभ्सका प्रशिक्षक पिटर सेग्राटले सागको खेलतालिकाप्रति आपत्ती जनाएका छन् ।

फिफाको नियम अनुसार एउटा खेलपछि कम्तिमा २४ घण्टाको आराम चाहिने अवस्थामा अखिल नेपाल फुटबल संघले दिन–दिनै खेल हुन आफ्नो लागि मान्य नहुने उनले बताए । खेलाडीलाई आराम गर्ने समय नै नभएकाले यो आपत्ती जनक रहेको उनको तर्क छ ।

श्रीलंकाका प्रशिक्षक मोहम्मद पेकर अलीले पनि माल्दिभ्सको प्रशिक्षकसँग सहमत जनाए ।
यस्तै १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबलका खेलहरु हुने भएका छन् ।
पहिलो खेलमा बंगलादेश र भुटान खेल्दैछन ।

दशरथ रंगशालामा दिउँसो एक बजे हुने खेल निक्कै रोमान्चक हुने आंकलन गरिएको छ । यस्तै साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाको खेल हुनेछ ।

नेपालको खेल भने भोली मंगलबार मात्रै हुनेछ । यस्तै आज भलिबलतर्फ कास्य पदकका लागि खेल हुँदैछ । सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेश कास्य पदकका लागि प्रतिष्पर्धा गर्दैछन ।

महिलातर्फ श्रीलंका र माल्दिभ्स कास्य पदकका लागि खेल्दैछन् । महिलातर्फको सेमिफाइनलमा श्रीलंका नेपालसँग र भाल्दिभ्स भारतसँग हारेको थियो ।

आजदेखि करातेका खेलहरु संचालन हुँदैछन । आज करातेमा आठ स्वर्णका लागि छिनोफानो हुनेछ । यस्तै तेक्वान्दोमा १० पदकको छिनोफानो हुनेछ ।

आज पोखरामा ब्याडमिन्टनका खेलहरु संचालन हुनेछन । टिम इभेन्टसको सेमिफाइनल खेलहरु हुँदैछन । यस्तै आज टेनिस, खोखो, महिला क्रिकेट, फेन्सिङ, गल्फ, कबड्डी, स्क्वास, टेबल टेनिस, उसु, ट्रायाथलनका खेलहरु संचालन हुने आयोजकले जनाएको छ ।

Trending News