काठमाडौँ, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार तिलक राईले नेकपा उम्मेदवारलाई पराजित गर्दै मेयर निर्वाचित भएका हुन् ।
सोमबार विहान सक्किएको मतगणनाको अन्तिम परिणामसँगै काँग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरसहित पराजित गरेका हुन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार २६ हजार सात सय ९ मत सहित तिलक विजयी हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए ।
करिब २८ बर्षअघिदेखिको कम्युनिस्टको लाल किल्लाको रुपमा रहेको धरानमा काँग्रेसले ऐतिहासिक जित निकालेको हो ।
२०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।