काठमाडौँ, मंसिर १६ । १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले पहिलो स्वर्ण जितेको छ । साग अन्तर्गत करातेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
योसँगै आयोजक नेपालले स्वर्णमा खाता खोलेको छ।
सोमबार भएको प्रतिस्पर्धामा उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्।
फाइनलमा मण्डेले २५.७२ अंक ल्याए। नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।