आज सागको तेस्रो दिनः यी १५ खेलमा हुँदै छ प्रतिष्पर्धा

आज सागको तेस्रो दिनः यी १५ खेलमा हुँदै छ प्रतिष्पर्धा

काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज तेस्रो दिनको खेल हुँदैछ । आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको तेस्रो दिन काठमाडौं र पोखरा १५ खेलको प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो दिन नेपाल १५ स्वर्णसहित २४ पदक जितेर शीर्ष स्थानमा छ ।

सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

सागको तेस्रो दिन पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे शुरु हुनेछ ।

साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू २३ टिमसँग खेल्दै छ ।

टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

Trending News