
काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि अमेरिका लैजाने तयारी भएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको उनका सचिवालयले जनाएको छ ।
अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा पनि छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन् । नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिगौंला दिन तयार रहेको बताइएको छ।
प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ ।
एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष ९आईसीयू० मा उपचाररत ओलीले उठेर बोल्न सक्ने अवस्थामा छन् ।
गत मंगलबार पेटको एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा संक्रमण भएको थियो।
अचानक आउने रोग भएकाले आफूलाई पनि अप्रत्यासित रूपमा एपेन्डिसाइटिस आइलागेको प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीको डिस्चार्ज शुक्रबार स्वास्थ्य जाँचपछि गरिने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।