साग महिला भलिबल फाइनलः भारतबिरुद्धको दोस्रो सेटमा नेपाल विजयी

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर १७ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धामा रहेका छन् । जारि अवस्थामा दुई सेट सक्किसक्दा नेपालले र भारतले समान एकएक अंक बाँढेका छन् ।

त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा भएकाे फाइनल खेलको शुरुवाती सेटमा पराजय भएको नेपाली महिला भलिबल टोलीले दोस्रो र तेस्रो सेटमा जित दर्ता गरेका छन् । पहिलो सेटसमा नेपाल भारतसँग १७–२५ ले पराजित भएको छ भने दोस्रो सेटमा नेपालले २५–२३ को जित हाँसिल गरेको हो ।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको हो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो। यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो।

सम्बन्धित खबर