काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
जितको लागि कप्तान सुजल श्रेष्ठ, अभिषेक रिजाल र मिच्चेन तामाङले गोल गरे । कप्तान सुजलले खेलको पाँचौ मिनेट र पचासौँ मिनेटमा गोल गरे । त्यस्तै अभिषेक रिजालले खेलको ६६ औँ मिनेटमा हेड गर्दै गोल गरे भने ७७ औँ मिनेटमा मिच्चेन तामाङले चौथो गोल गरे ।
साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले पनि तीन अंक जोडेको छ ।