काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल ३–२ को सेटमा पराजित हुँदै स्वर्ण जित्नबाट चुकेको हो ।
निकै प्रतिस्पर्धात्मक तरिकाले भएको खेलको शुरुवातमा नेपाल पराजित भएको थियो । दोस्रो सेटमा नेपाल २५–२४ को सेटले विजय भयो भने तेस्रो सेट पुन नेपालले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको खेलको चाथो सेटमा भने भारत विजयी भयो । नतिजाका लागि भएको अन्तिम खेलमा नेपाल १५–६ को सेटमा पराजित हुँदै स्वर्ण पदक गुमाएको हो ।
स्वर्ण पदक जित्न नसकेपनि महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । अन्तराष्ट्रिय महिला भलिबलमा नेपालले पहिलो पटक रजत पदक जितेको छ । यसअघिको प्रतियोगितामा नेपालले दुईपटक काश्य पदक जितेको थियो ।