काठमाडौँ, मंसिर १७ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा माल्दिभ्सले पहिलो स्वर्ण जितेको छ । दक्षिण एसियाकै सबैभन्दा सानो मुलुक रहेको माल्दिम्भसले एथ्लेटिक्स तर्फ सय मिटरको दौडमा स्वर्ण जितेको हो ।
माल्दिम्सले सागको ३५ बर्षे इतिहासमा पहिलो स्वर्ण जितेको हो । १०० मिटरको दौड माल्दिभ्सका हसन साइदले १०.४९ सेकेन्डमा पार गर्दै इतिहास रचेका हुन् । उनले श्रीलंकाका हिमेश इशानलाई उछिन्दै स्वर्ण जितेका हुन् ।