बागलुङ, मंसिर १८ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको आज मृत अवस्थामा शव फेला परेको छ ।
कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको हो । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन् ।