उपचुनावमा जे जे भएको हो प्रतिवेदन बुझाउन स्थानीय कमिटिलाई नेकपाको निर्देशन

दियो पोस्ट  

काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपचुनावमा अन्तरघात भएको जानकारी अहिलेसम्म नआएको बताएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले औपचारिक समिक्षा आउदो बैठकमा गरिने तर अहिलेसम्म घात र अन्तरघातको जानकारी अहिलेसम्म जानकारीमा नआएको जिष्कर्ष निकालेको हो । आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि थप समिक्षा गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाले सचिवालयको अर्को बैठक आगामी मङ्सिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धूम्बाराहीमा बोलाएको छ । उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको वाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ ।

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारवाही गरेर निष्कासन गरेको पनि उनको भनाई छ । नेकपाले यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नं १ (क)को प्रदेशसभा सदस्य गुमाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धूम्बाराहीमा बसेको सचिवालय बैठकले मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ ।
सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।