तेक्वान्दोमा संगिताले दिलाईन नेपाललाई स्वर्ण, नेपालको स्वर्ण २८ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौं, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्ण २८ पुगेको छ । तेक्वान्दोकी संगिता बस्यालले स्वर्ण जितेसँगै नेपालको स्वर्ण पदकको संख्या २८ पुगेको हो ।

उनले ६२ केजी मुनी तौल समूहमा भारतकी गगनजोत जिलललाई १९–८ अंकले पराजित गरेकी हुन ।
बुधबार नेपालले साइक्लिङबाट २ स्वर्ण जित्दा कराते र उसुबाट पनि १÷१ जितेको छ । भारतले नेपालाई पछ्याईरहेको छ ।

भारतले पनि २७ स्वर्ण आफ्नो पक्षमा पारिसकेको छ । नेपाल २८ स्वर्णसशित शीर्ष स्थानमा र भारत २८ स्वर्णसहित दोस्रो स्थानमा छ ।