पाल्पाको भीरबाट जिप खस्यो, दुई जनाको शव फेला

दियोपोस्ट संवाददाता

काठमाडौँ, मंसिर १९ । पाल्पामा जिप दुर्घटना भएको छ ।

पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तानसेन–बुटवल सडकखण्ड अन्तर्गत केराबारी र चौविसमाइलको बिचमा पर्ने भीरबाट खसेको हो ।

जीप सडक बाट करिब पाँच सय मिटर तल खसेर टुक्राटुक्रा भएको स्थानीयले बताएका छन् ।

दुर्घटनापछि उद्धारका लागि प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

अहिले दुई वटा लाश भीरमा देखिएको प्रहरीले जनाएको छ ।